धानमन्त्री केपी शर्मा अाेलीमाथि माअाेवादीका यी दुर्इ नेता असाध्यै असन्तुष्टी पाेखेका छन्। एमाले र माओवादी पार्टी एकताको प्रक्रियामा छन् तर एकता गर्ने ब्यावहार अाेलीकाे नदेखिएकाे माअाेवादी वृत्तमै चर्चा चलिरहेकाे छ। एकता प्रक्रियकाे साथै सत्तासाझेदारकाे रुपमा रहेका यी दुर्इ माअाेवादी नेतालार्इ अाेलीले नगनेकाे माअाेवादी स्राेतकाे दावी छ।

माअाेवादी स्राेतका अनुसार अाेली पछिल्लाे समयदेखि अहम  नै सिर्जना भएकाे छ। तर, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आफूहरुलाई त्यसअनुसार व्यवहार नभएकोमा माओवादी नेताहरु असन्तुष्ट देखिएका हुन् । माओवादी केन्द्रको पहिलो असहमति हो, सत्तारुढ दलको हैसियतमा छलफल नै भएन ।

मोदी नेपाल आउनपूर्व प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्रमामिलाका जानकारहरुसँग परामर्श गरे । तर, सत्तारुढ घटकका रुपमा ओलीले माओवादी नेतृत्व र मन्त्रीहरुसँग कुनै छलफल नै गरेनन् ।

माओवादीको दोस्रो अहसहमति हो, वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई बाइपास गरिनु ।

२८ गते प्रधानमन्त्री ओली र मोदीबीच द्वारिकाज होटलमा वान टु वान वार्ता भयो । लगत्तै द्वीपक्षीय वार्ता भयो र दुई प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरे । तर, उर्जामन्त्री वर्षमान पुन देखिएनन् । उनलाई नेपाली टोलीमा समावेश नै नगरिएको माओवादी निकट स्रोतको दाबी छ ।

द्वीपक्षीय वार्ता माओवादीबाट मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादल मात्र थिए । एक नेता भन्छन्, ‘यो भ्रमणका क्रममा भएका वार्ताहरुमा उर्जामन्त्री वर्षमान पुन र वनमन्त्री शक्ति बस्नेत लाई समावेश नै गरिएन । यसमा हाम्रो असन्तुष्टि छ ।’

द्वीपक्षीय वार्तामा उर्जा, जलश्रोत र सिञ्चाइका विषय थुप्रै थिए र छलफल पनि भए । तर, सम्बन्धित मन्त्रीलाई सहभागी नगराउनु गम्भीर भएको भन्दै माओवादीका एक नेताले यसबारे प्रधानमन्त्रीसँग गम्भीर कुरा हुने बताएका छन् ।
असन्तुष्टिको बुँदा थपियो

एमाले र माओवादी केन्द्रबीच गत वैशाख ९ मा नै पार्टी एकता एकता गर्ने भनिएको थियो । तर, यो सम्भव भएन र जेठ पहिलो साताको नयाँ भाका राखिएको छ ।

तर, माओवादी र एमाले नेतृत्वमा भने अविश्वास बढ्दो छ । अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतमा लगेकोदेखि सचिव सरुवाका असन्तुष्टि पहिल्यै थिए । यसबीचमा प्रचण्डलाई लक्षित गरी ओलीकोे ट्वीट आयो, जसले विवादलाई मलजल गर्‍यो ।

मोदीको भ्रमणमा माओवादीका दुई मन्त्रीलाई बाइपास गर्दा एमाले नेतृत्व र त्यसमा पनि प्रधानमन्त्री ओलीप्रति रहेको आशंका थप बढाएको नेताहरु बताउँछन् ।

माओवादी स्रोतका अनुसार यी दुई नेताले संयुक्त रुपमै अध्यक्ष प्रचण्डलाई सोेधे एकता नहुँदै प्रधानमन्त्री ओलीले यस्तो व्यवहार देखाउ्ँछन भने एकतापछि के गर्छन्? यो प्रश्नले प्रचण्डलाई साह्रै तनाव भएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार