गृहमन्त्री थापाले विकास र शान्ति सुरक्षामा बाधा पुर्याउने गुन्डाहरुको लिस्ट तयार भइरहेको बताएका छन् ।

कास्कीमा अायाेजित एक पत्रकार सम्मेलनमा बाेल्दै बादलले महिला हिंसा, बलात्कारदेखि विकासविरोधी गुन्डागर्दी गर्ने सबैको लिस्ट तयार भइरहेको समे बताए ।
‘गुन्डाराजको छिटोभन्दा छिटोभन्दा अन्त्य गछौर्ं,’ गृहमन्त्री थापाले भने, ‘सबै गाउँमा गुन्डाहरुको ब्ल्याक लिस्ट तयार हुँदैछ ।’
गुन्डाहरुको अन्त्य गर्ने अभियान देशव्यापी रुपमा चलाउन लागिएको थापाले बताए । प्रदेश ४ मा पनि यो अभियान चलाउन लागेको उनले बताए । गुन्डागर्दीकै करण कुनै पनि घटना वा विकास निर्माणको काम रोकिन नदिन गृहमन्त्री थापाले आइतबारको सुरक्षा गोष्ठीमा निर्देशन पनि दिएका थिए ।
गृहमन्त्री थापाले देशको अर्थतन्त्र माफिया, ठेकेदार, तस्कर र एकाधिकार (सिन्डीकेट)वालाको हातमा रहेकाले सुशासन, विकास, समृद्धि र शान्ति सुरक्षा कमजोर हुनपुगेको बताएका छन् । देशको विकासको लागि यस्ता प्रवृत्तिको अन्त्य अपरिहार्य भएको भन्दै उनले सरकारले आवश्यक कदम चालेको दाबी गरे ।
‘राजस्व छलि गर्नेको हातमा देशको अर्थतन्त्र छ । बेथिति, अनियमितता, सबै क्षेत्रको तस्करी, कालोबजारी, लागुऔषधको पूर्ण नियन्त्रण र मदिराको व्यवस्थापन नभएसम्म विकास, समृद्धि र शान्ति सुरक्षा पनि हुन सक्दैन,’ प्रेस सेन्टर कास्कीको पत्रकार भेटमा उनले भने, ‘सरकार यस्ता गलत प्रवृत्तिको अन्त्यका लागि दृढतापूर्वक लागेको छ ।’
विकास र समृद्धिको एउटा आधार सुशासन, शान्ति र स्थायित्वलाई महत्व दिएर सरकार अघि बढेको उनको भनाई थियो ।
ट्याक्सी, ट्रकलगायत यातयात र अन्य क्षेत्रमा विद्यमान सिन्डीकेट अन्त्य गर्ने अभियानमा सरकार लागेको उनले दोहोर्याए । विकास, समृद्धि, शान्ति, स्थायित्व, सुशासनलाई स्थापित गर्न भ्रष्टचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने र सिन्डीकेटलाई पूर्णरुपमा समाप्त गर्न जरुरी रहेको उनले बताए ।







