
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले भारतीय जनता पार्टीका वहालवाला सांसद कीर्ति आजादले नेपालको ऐतिहासिक सांस्कृतिक एवं धार्मिक भूमि जनकपुरलाई भारतमा गाम्भ माग गरेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।
महासविच विप्लवले सोमबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सत्ताधारी सांसदले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई चुनौति दिएको भन्दै उक्त अभिव्यक्ति आजादको मात्र नभई भारतीय साम्राज्यवादी शासकहरुको भित्री कुत्सित मनसाय भएको बताएका छन् ।
साथै केपी ओली सरकारले मोदीका सामु उनकै पार्टीका सांसदको अभिव्यक्ति सच्याउन नलगाउनुले यो सरकार लम्पसारवादी मात्र नभएर घोर राष्ट्रघाती भएको पुष्टि भएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।
साथै महासचिव विप्लवले तुरुन्त भाजपाका सांसदलाई अभिव्यक्ति सच्याउन र त्यहाको सरकारलाई अन्तर्राष्ट्रियस्तरमा रूपमा माफी माग्न जाेडदार माग रेका छन।
विज्ञप्तिकाे पूर्णपाठ-








