नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणी थापाले आज घाेषणा हुने भनिएकाे एमाले माअाेवादी केन्द्रकाे एकतामा आफ्नो आलोचनात्मक समर्थन मात्रै रहेको बताएका छन् ।

थापाले एकताको लागि आवश्यक पर्ने विचार र संगठनमा छलफल नै नगरी हतारमा एकता गर्न लागेको बताए ।

थापाले भने, “यो एकतामा मेरो आलोचनात्मक समर्थन छ, एकीकृत पार्टीको आगामी कार्यक्रम, संगठनलगायतका विषयमा व्यपापक हुन बाँकी नै हुँदाहुँदै एकता हुन लागेको छ ।” उनले समाजवाद मात्रै भनिएको त्यसको कार्यक्रम के हुने भन्ने दुबै पार्टीबीच छलफल नभएको समेत बताए ।

बिगतको समिक्षा नगरेरै पार्टी एकता हुन लागेको भन्दै असन्तुष्टी समेत जाहेर गरे । “विगतको समिक्षा भएको छैन । यसले भोलिको दिनमा कतै न कतै तितोपन बाँकी रहने हुँदा समिक्षा गरिनु पथ्र्यो, त्यो पनि भएन” थापाले  भने ।

दिउँसो बोलाइएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा आफूले कुरा राख्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार