CPN Maoist Centre Secretariat meeting

एमाले र माअाेवादी केन्द्रबीचकाे एकतापछि बनेकाे पार्टीमा पूर्व माअाेवादी केन्द्रलार्इ पहिलाे गाँसमै ढुंगा पर्न गएकाे छ ।

विचार, कार्यक्रम र संगठनमा एमालेकै पल्लाभारी भएपछि पूर्व माअाेवादी केन्द्रलार्इ ठूलाे झट्का लागेकाे छ । हुन त माअाेवादी केन्द्रकाे शक्तिमा अाएकाे क्षयीकरणसँगै एमालेमा  विलय हुनुकाे विकल्प नभएपछि उनीहरू बाध्य भएर गएका हुन् भनेर विश्लेषण गरिएकाे छ ।

पार्टी नेपाल कम्युनिस्ट पार्टी र विचार एमालेकाे बहुदलीय जनवादकाे फाेटाेकपी गरेर जनताकाे जनवाद भनेर ठाेस गरिएकाे छ । त्यसैगरी पार्टी संगठनकाे हार्इ कमाण्डमा एमालेले ६ सदस्य पाउँदा माअाेवादी केन्द्रले ३ सदस्य मात्र पाएकाे छ ।

एकीकृत पार्टीको उच्च इकाइ मानिएको हार्इकमाण्डमा दुई अध्यक्षको वरियता बराबरजस्तो रहने बनाइएको छ भने त्यसपछिको बरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन् ।

बुधवार पार्टी एकताको अन्तिम टुंगो गरेका यी दुई दलले एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय र केन्द्रीय कमिटी ४४१ सदस्यीय रहने निर्णय  समेत गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार