नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा नेपाली कांग्रेस र नयाँ शक्तिका नेताहरुले याे एकता अप्राकृतिक र अस्वभाविक भएकाे भनेर प्रतिक्रिया दिएका छन् ।

उनीहरूसँग गरेकाे कुराकानीकाे संक्षिप्त अंश –

जनयुद्ध गरेका दाहालले मदनपथ स्वीकारेका हुन् – बाबुराम भट्टरार्इ 

माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन आजैका दिन एमाले माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ? पुष्पकमल दाहालले जबजको विरुद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस्।’

माओवादीसँग मिल्नु नै थियो भने एमालेको अस्तित्व के? – अर्जुन नरसिंह केसी

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी भने,  ‘माओवादी एमाले नै हुनु थियो भने जनयुद्धको अस्तित्व के ?’ उनी भन्छन्, ‘एमाले र माओवादी केन्द्रले निर्वाचनको बेलामा एक हुन्छौँ भनेर जनतासामु जुन प्रतिबद्धता व्यक्त गरेका थिए, त्यो नैतिक हिसावले पु्रा गर्नैपर्ने थियो र उनीहरुले पुरा गरेका हुन् । यो एकताले देशमा दुई पार्टी प्रणाली लागु हुन्छ । यो देशको लागि राम्रो पक्ष हो । यसले देशको विकासमा धेरै नै सहयोग पुर्‍याउँछ। यदि यो दीर्घकालिन रुपमा भयो भने देशमा हामीले सोचेजस्तो विकास पक्कैपनि हुन्छ।

कांग्रेस नेता केसी भन्छन्, ‘यो एकताभन्दा अगाडि जनयुद्धको विरुद्धमा बोल्दै आएको एमालेले जनयुद्धलाई समर्थन गर्नु नै थियो भने किन विरोध गर्नु । एमाले मोआवादीसँग मिल्नु नै थियो भने एमालेकोे अस्तित्व के? अनि माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के ?’

कांग्रेसलाई कमजोर बनाउन एकता – चिनकाजी श्रेष्ठ

कांग्रेस नेता चिनकाजी श्रेष्ठको धारणा भने अलिक फरक छ  । उनी लोकतन्त्रलाई कमजोर बनाउन एमाले र माओवादी केन्द्र एकता हुन लागेको बताउँछन्। उनी भन्छन्, ‘पार्टी मिल्लु राम्रो कुरा हो, विचार मिल्ने, सिद्धान्त मिल्ने पार्टी एक हुनु राम्रो हो । यो एकता देशको विकास कै लागि हो भने त अत्यन्तै राम्रो हो । तर संविधान निर्माणका समयमा भने फरक हुने पार्टी अहिले भने सत्ताको लागि एक हुन लागेको भान हुन्छ । यदि सत्ता टिकाउने नियतले पार्टी एकता गरेको हो भने त्यो राम्रो हुँदैन्।

एकतासँगै दुई पार्टी अधिनायकवाद तर्फ लम्कन लागेको भान हुन्छ । यो राम्रो कुरा होइन, काँग्रेसलाई कमजोर बनाउन पार्टी एकीकरण भएको हो । यसको उद्देश्य नै लोकतन्त्रलाई कमजोर बनाउनु हो । संविधान बनाउँदा चैँ पार्टी एक भएन अहिले आएर सत्ता चाहिएको बेलामा चैँ एक हुने यो कत्ति सम्म जायज हुन्छ ?’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार