
नव गठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीलार्इ फेरि पनि हाेच्याएर बाेलेका छन् ।
आज राजधानीमा आयोजित पार्टी एकीकरण घोषणासभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेकाे जमानामा कुनामा बसेर टेडा कुरा गर्ने कम्युनिष्ट सिद्धान्त होइन ।’
ओलीले अाफुहरू सच्चा कम्युनिस्ट भएकाे दाबी गर्दै कम्युनिष्टहरुले सत्ता चलाइरहेको बेला कुनामा बसेर बम पड्काउन सुहाउने कुरा नभएको समेत बताए ।
विप्लव नेतृत्वकाे नेकपालार्इ लक्षित गरेर अाेलीले भने, ‘कम्युनिष्टहरु यसरी सत्तामा छन् तर साथीहरु सुतली बम पड्काएर हिडिरहनुभएको छ । उहाँहरुले कुन माक्र्सवाद पढेर आउनुभो ?’
अाेलीले यस्ताे अभिव्यक्ति दिइरहँदा पूर्व एमाले र माअाेवादी केन्द्रका कार्यकर्ताहरूले ताली बजाएर हाँसाेमा उडाइरहेका थिए ।
केही समयअघि पनि अाेलीले विप्लव नेतृत्वकाे नेकपालार्इ यसैगरी हाेच्याएर अभिव्यक्ति दिएका थिए ।







