माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले पूर्व माअाेवादी केन्द्र र एमालेभित्र रहेका देशभक्त तथा क्रान्तिकारी नेता कार्यकर्तालार्इ कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारमा ध्रुवीकृत हुन अपिल गरेको छ ।

साे पार्टीका प्रवक्ता हरिभक्त कँडेलद्धारा बिहीबार साँझ  जारी गरिएकाे विज्ञेप्तीमा यस्ताे अपिल गरिएकाे छ।

“प्रतिक्रियावादी बाटो पकडीसकेको दक्षिणपन्थी संशोधनवादीहरुको गठजोडबाट उत्पन्न परिस्थितिको गम्भीरतापूर्वक समीक्षा गर्दै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने जिम्मेवारी अब हाम्रो काँधमा आइपुगेको छ । आजको यस घडीमा मालेमावादप्रति निष्ठावान क्रान्तिकारीहरु, घाइते÷अपाङ्ग, बेपत्ता योद्धा, सहिद परिवार र पूर्वजनमुक्ति सेना लगायत सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई क्रान्तिकारी धारमा ध्रुवीकृत हुन नेकपा (क्रान्तिकारी माओवादी) हार्दिक अपील गर्दछ ।” कँडेलद्धारा जारी विज्ञेप्तीमा भनिएकाे छ ।

उनकाे वक्तव्यमा भनिएको छ, “ माके र एमालेभित्र रहनु भएका देशभक्त तथा क्रान्तिकारी साथीहरु ! यो कथित वाम एकताविरुद्ध आवाज उठाउनुहोस् र आफ्नो विद्रोही भावना र अभिमत जाहेर गरी क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने ऐतिहासिक तथा महान प्रक्रियामा अघि बढ्ने अठोट गर्नुहोस् । आउनुहोस्, क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महासमरमा सामेल हुने प्रतिबद्धता जाहेर गरौं ! संसदवादी तथा दक्षिणपन्थी संशोधनवादीहरुको कथाकथित एकता प्रक्रियालाई निस्तेज पार्दै नयाँ जनवादी क्रान्तिको तयारी र समग्र क्रान्तिको प्रक्रियालाई घनिभूत पारौं ! भविष्य क्रान्तिकारीहरुकै हातमा छ ।”

प्रवक्ता कँडेलद्धारा जारी वक्तव्यको पूर्णपाठ –         

अपील

“देशमा दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र विस्तारवाद तथा साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनको अन्त्य गरी नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्दै समाजवाद र साम्यवादको दिशामा अघि बढ्नका लागि अनेकौं जनआन्दोलन, सशस्त्र जनसंघर्ष र दशवर्षे जनयुद्ध भए । परिवर्तनका यी सबै महान प्रक्रियामा जनताका हजारौं छोराछोरीले सहादत प्राप्त गरे, हजारौं वेपत्ता पारिए, कैयौं योद्धाहरु घाइते÷अपाङ्ग बनाइए । परन्तु, आन्दोलन तथा जनयुद्धकै मूल नेतृत्व प्रचण्ड मण्डलीले वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकडी परिवर्तनको महान प्रक्रियामाथि धोका, विश्वासघात र गद्दारी गर्न पुग्यो । फलतः पश्चगामी राज्यसत्ता र उही पुरानै संसदीय व्यवस्थाको सेरोफेरोको गोलचक्करमा आज देश फस्न पुगेको छ, मालेमावादको आधारभूत मान्यता विपरीत सम्झौता र सत्ताको लेनदेन गरी जनताको वलिदानको अबमूल्यन हुन पुगेको छ । त्यसैको पछिल्लो कडीको रुपमा माके–एमालेले एकताको तथाकथित नाटक मञ्चन गरेका छन् । मालेमावाद र जनयुद्धको विचार, आदर्श र मूल्य मान्यतालाई परित्याग गरिसकेको माके आजैबाट औपचारिक रुपमा दक्षिणपन्थी संशोधनवाद तथा अवसरवाद हुँदै संसदीय मूल प्रवाहको एमालेको प्रतिक्रियावादीधारमा समाहित हुन पुगेको छ ।

प्रतिक्रियावादी बाटो पकडीसकेको दक्षिणपन्थी संशोधनवादीहरुको गठजोडबाट उत्पन्न परिस्थितिको गम्भीरतापूर्वक समीक्षा गर्दै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने जिम्मेवारी अब हाम्रो काँधमा आइपुगेको छ । आजको यस घडीमा मालेमावादप्रति निष्ठावान क्रान्तिकारीहरु, घाइते÷अपाङ्ग, बेपत्ता योद्धा, सहिद परिवार र पूर्वजनमुक्ति सेना लगायत सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई क्रान्तिकारी धारमा ध्रुवीकृत हुन नेकपा (क्रान्तिकारी माओवादी) हार्दिक अपील गर्दछ । माके र एमालेभित्र रहनु भएका देशभक्त तथा क्रान्तिकारी साथीहरु ! यो कथित वाम एकताविरुद्ध आवाज उठाउनुहोस् र आफ्नो विद्रोही भावना र अभिमत जाहेर गरी क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने ऐतिहासिक तथा महान प्रक्रियामा अघि बढ्ने अठोट गर्नुहोस् । आउनुहोस्, क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महासमरमा सामेल हुने प्रतिबद्धता जाहेर गरौं ! संसदवादी तथा दक्षिणपन्थी संशोधनवादीहरुको कथाकथित एकता प्रक्रियालाई निस्तेज पार्दै नयाँ जनवादी क्रान्तिको तयारी र समग्र क्रान्तिको प्रक्रियालाई घनिभूत पारौं ! भविष्य क्रान्तिकारीहरुकै हातमा छ । क्रान्तिकारी अभिवादन सहित !”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार