नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले माकेको एमालेमा विलयसँगै अब सबै क्रान्तिकारीहरुबीच ध्रुवीकरणको समय आएको बताएका छन् ।

एमाले र माकेको एकतापछि गजुरेलले ‘यो एकतालाई प्रतिक्रियाबादी सत्तालाई बलियो बनाउनका लागि गरिएको एकता’ भनेेका छन् ।

क्रान्तिकारीहरु दक्षिणपन्थी अवसरवादी तथा संशोधनवादी पार्टीसँग मिसिने कुनै पनि संभावना नरहेकोले अब क्रान्तिकारी शक्तिहरु पनि एकताको प्रक्रियामा अगाडि बढ्नु पर्ने विचार व्यक्त गरेका छन् ।

उनले भने, “माओवादी केन्द्रका साथीहरु अब एमालेसँग एकता हुँदैन भन्दै थिए । अध्यक्षले एमालेसँग एकता नगर्ने स्ट्यान्ड लिइसक्नुभयो भन्दै थिए । तर, अब ती साथीहरुको पनि भ्रम साफ भयो । उनले पार्टीलाई एमालेमा लगेर बिलय गराइछाडे ।”

नेता गजुरेलले भने, “अब एमालेसँग एकतामा नजाने साथीहरु र हाम्रो पार्टीबीच पनि एकता हुन्छ । एमालेमा नगएका कांग्रेसमा जाने कुरा भएन, राप्रपामा जाने कुरा भएन, अब हुने भनेकै क्रान्तिकारी शक्तिहरुको धु्रवीकरण र एकता हो ।”

माओवादी केन्द्रका तल्लो तहका क्रान्तिकारी साथीहरुसँग एकता प्रक्रिया अघि बढ्ने पनि नेता गजुरेलले दावी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार