नेकपा एमाले र माओवादी केन्द्रबीच आज औपचारिक एकता भएको छ । ४४१ सदस्यीय केन्द्रीय समिति बनाउँदै नयाँ पार्टी बनेको छ । जसको नाम नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन) बनेको छ ।

यो एकताले दुबै पार्टीका नेताहरुको वरियादालाई पनि भत्काएको छ । कुनै नेता उदायका छन् भने कुनै अस्तित्व रक्षामा पुगे । एकतामा सहयोग गर्नेलाई ओली र दाहालले अगाडि ताने भने रमितेलाई पछाडि पारे ।

त्यो पूर्व एमालेमा बढि भएको छ । वरिष्ठ नेता झलनाथ खनाललाई पछी पार्दै माधव कुमार नेपाल अगाडि आए भने भीम रावल पछाडि पारिए । महासचिव इश्वर पोखरेललाई उछिन्दै उपमहासचिव विष्णु पौडेल अगाडि आए । उनी नयाँ पार्टीको महासचिव भए । तर, उपाध्यक्ष रावल सचिवालयमा समेत समेटिएन । रावल ४५ सदस्यीय स्थायी समितिमा मात्रै समेटिएका छन् । स्थायी समितिमा एमालेबाट २६ र माकेबाट १९ सदस्य रहने भएका छन् ।

नौ सदस्यीय सचिवालयमा एमालेबाट ६ र माकेबाट ३ जना छन् । दाहालसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् । त्यसैगरी एमालेबाट ओलीसँगै माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल रहेका छन् ।
नयाँ पार्टीको प्रबक्तामा माके नेता श्रेष्ठ चयन भएका छन् । बरियादामा पछारिएपछि नेता रावल एकताबारे असन्तुष्ट रहेको बताईएको छ ।

यसैबीच पार्टी निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन् । आयोगमा पार्टीको नाममा अन्डरलाइन दिएर निवेदन दिएका छन् । आयोगमा नेपाल कम्युनिस्ट पार्टी नाम दर्ता भएकै कारण नाममा अन्डरलाइन तानिएको छ ।
पार्टीको चुनाव चिह्न सूर्य हुने भएको छ ।

पार्टी घोषणासभामा दुबै पार्टीका नेताहरु उपस्थिति थिए । पुष्पकमल दाहालले सम्बोधन गर्दै आफ्नो विगतलाई सम्झिए । उनले आफूले जहिले पनि भंग गर्दै आएको भन्दै यो एकता पनि क्रमभंग भएको बताए । उनले एमाले तत्कालिन महासचिव मदन भण्डारीलाई पटक पटक सम्झिाए तर आफूले सुरु गरेको जनयुद्ध र सहिदलाई सम्झिाएन ।

त्यसैगरी केपी शर्मा ओलीले सम्बोधन गर्दै दुबै पार्टी एक अर्कोमा विलय भएको बताए । उनले अब एमाले र माकेको खोजेर नपाइने समेत बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार