पूनर्गठित माओवादी केन्द्रका संयोजक गोपाल किरातीले प्रचण्ड समूहको वियाेगान्त रूपमा एमालेमा विलय भएर वैचारिक धारको दाहसंस्कार भएको भन्दै अब माअाेवादी अान्दाेलनकाे मुलप्रवाह विप्लव नेतृत्वकाे नेकपा भएकाे घोषणा गरेका छन् ।

देशका ७५ वटै जिल्लामा संगठन भएकाे र एकैचाेटी अाक्रमण गर्न सक्ने विप्लव नेतृत्वकाे नेकपा देशकाे शक्तिशाली क्रान्तिकारी शक्ति रहेकाे किरातीले दाबी गरे ।

विहीबार मात्र पूर्व माअाेवादी केन्द्र र एमालेबीच भएकाे एकतालार्इ किरातीले प्रचण्डले अाफ्नाे गाैरवशाली क्रान्तिकारी इतिहासलार्इ अाफैले समाप्त पारेकाे गंभीर अाराेप लगाए ।

शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै किरातीले अाफुले पत्रकार सम्मेलन गरेर प्रचण्ड समूहको दाहसंस्कार कार्यक्रम राखेकाे टिप्पणी समेत गरे ।

किरातीले केपी ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि समेत फाँसीवादी दमनकाे तीव्र रूपमा विराेध र भर्त्सना समेत गरे ।

भारतकाे पश्चिम बंगालमा ज्याेती बसुले चारू मजुमदारकाे रगत पिएर केही वर्ष शासन संचालन गरेकाे तर पछि पूर्णत असफल भएर पराजित भएकाे भन्दै किरातीले प्रचण्ड र केपीले पनि झापा र दश वर्षे अान्दाेलनकाे रगत पिएर ज्याेती वसुकाे बाटाे समाएकाे किरातीकाे भनार्इ थियाे।

अाेली र प्रचण्ड गठबन्धनमा बनेकाे फासिवादी सरकारका विरूद्ध अान्दाेलनमा उत्रन किरातीले क्रान्तिकारी र देशभक्त शक्तिहरूमा अपिल समेत गरे ।

‘ओली–प्रचण्ड गठबन्धनको प्रतिक्रन्तीकारी हर्कत विरुद्ध माओवादी एवम् नेपालको बाह्य र आन्तरिक राष्ट्रिय स्वाधिनता पक्षधर सम्पूर्ण शक्तिहरुबीच सम्बाद, संयुक्त आन्दोलन तथा क्रान्तिकारी केन्द्रिकरणको आव्हान गर्दछौं।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार