पूर्व एमाले र माओवादी केन्द्रबीचकाे एकतापछि बनेकाे नेकपा अण्डरलाइनले अाकार ग्रहण गर्न पाउँदै साे पार्टीभित्र ठूलाे असन्तुष्टीसँगै विग्रहकाे बाटाे लिएकाे देखिएकाे छ ।

पार्टी एकीकरण भएको दोस्रो दिनदेखि नै त्यसको रियाक्सन देखिन थालेको हो । काठमाडौंमा विहीबार आयोजित पार्टी एकीकरण कार्यक्रममा एमाले र माओवादी केन्द्रका थुप्रै नाम चलेका नेताहरू आएनन् ।

एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल समेत पार्टी एकीकरणको कार्यक्रममा सहभागी नभइ चीन प्रस्थान गरे । खनाललाई पार्टी एकीकरण हुँदै छ भन्ने थाहा थियो । तर, केपी ओलीको पेलानमा परेका खनाललाई आफ्नो मानमर्दन हुने देखेपछि उपचार गर्ने भन्दै चीन प्रस्थान गरेका हुन् ।

एमालेका प्रभावशाली नेता तथा उपाध्यक्ष भीम राव, उपमहासचिव घनश्याम भुषाल, सचिव भीम आचार्यसहितका दुई दर्जन बढी केन्द्रीय सदस्यहरू एकीकरणको कार्यक्रममा नगएको स्रोतले जनाएको छ । पछिल्लो समय उपाध्यक्ष रावल प्रधानमन्त्री ओलीबीच राम्रो सम्बन्ध छैन ।

कार्यक्रममा एमालेकै मन्त्रीहरू रविन्द्र अधिकारी र भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठ पनि पार्टी एकीकरण घोषणा सभामा उपस्थित भएनन् ।

माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझी कार्यक्रममा आएनन् । माओवादी मन्त्रीहरू चक्रपाणि खनाल र शक्ति बस्नेत पनि कार्यक्रममा अनुसन्तुष्टिकै कारण नआएको एक नेताले बताए ।

माओवादी केन्द्रका अर्का प्रभावशाली नेता अमिक शेरचन पनि पार्टी एकीकरणको कार्यक्रममा नआएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार