नेकपा अन्डरलाईनका नेता झक्कु सुवेदीले नेपालको राष्ट्रियता असाध्यै कमजोर बनेको भन्दै मोदीको नेपाल भ्रमणमा भारतीय सेना आउनु लज्जास्पद विषय भएकाे बताएका छन् ।

जनअधिकार अभियान नेपालले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकार’ विषयक अन्तर्कियामा नेता सुवेदीले यस्ताे बताएका हुन् ।

“नेपालका प्रधानमन्त्री केपी ओली भारत भ्रमण गर्दा के नेपाली सेना लिएर गएका थिए ?” नेता सुवेदीले प्रतिप्रश्न गरे ।उनले राष्ट्रियता संटकमा पर्दै गएकाले राष्ट्रप्रेमीहरुले सत्ताधारीहरुलाई निरन्तर खबरदारी गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा जनाधिकार अभियानका अध्यक्ष एकराज भण्डारीले ‘वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकारको अबस्था’बारे राखेकाे कार्यपत्रमा विभिन्न पार्टीका नेताहरूले बाेलेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्व्युरो सदस्य पदम राईले राज्य निरंकुश भएर जनतामाथि दमन, धरपकड, अपहरण जस्ता जघण्य कार्य गरिरहँदा मानवअधिकारवादी र नागरिक समाज नबोल्नु चिन्ताको विषय भएको धाराणा व्यक्त गरे ।

नेता राईले राष्ट्रियता जनतन्त्र र जनजीविकाका बिषयमा आफ्नो पार्टी दृढतापुर्वक लडिरहेको बताए । राष्ट्र र जनसरोकारका बिषयमा बोल्दा राज्य दमन गर्छ भने प्रतिरोधमा उत्रने पनि राइले चेतावनी समेत दिए ।

कार्यक्रममा नेकपाका अध्यक्ष ऋषि कट्टेलले शान्तिपूर्ण जनसंघर्षमा उत्रेका नेता-कार्यकर्ताहरुमाथि केपी सरकारले तीव्र दमन गरेकोमा आपत्ति जनाएका थिए । उनले अब सत्ताधारीहरुको चरम दमनविरुद्ध प्रतिरोध संघर्ष अनिवार्य भएको चेतावनी दिए ।

कांग्रेस नेतृ पुष्पा भुसालले सरकार लोकतन्त्रका नाममा अधिनायकवाद लाद्न उद्दत भए जनताले सहेर बस्न नसक्ने बताईन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार