अण्डरलाइन नेपाल कम्युनिष्ट पार्टीमा महिला सहभागिता शुन्य रहेकाे भन्दै पूर्व सभामुख तथा नेतृ अाेनसरी घर्तीले चरम असन्तुष्टी व्यक्त गरेकी छिन् ।

नेकपा अण्डरलाइन संचालनका लागि भनेर बनार्इएकाे ९ सदस्यीय सचिवालयमा महिलाको संख्या शुन्य रहेपछि घर्तीले यस्ताे असन्तुष्टी जनाएकी हुन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै घर्तीले नेकपा अण्डरलाइनमा महिला सहभागिताबारे पार्टीभित्र छलफल गरिने बताइन् ।
नेकपाभित्र जुनसुकै जिम्मेवारी दिए पनि काम गर्न सक्ने महिला नेतृहरु सक्षम भएको उनले बताइन् ।
“महिला सहभागिता हुनुपर्छ । पार्टीभित्र छलफल गरेर विस्तारै मिलाउँदै जान्छौँ । समृद्ध नेपालका लागि महिला पनि दक्ष हुनुपर्छ । पार्टीभित्र पनि भूमिका हुनुपर्छ ।” उनले भनिन् ।
स्थायी समिति र केन्द्रिय समितिमा ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गरिने उनले बताईन् । अहिले तत्काल ३३ प्रतिशत सहभागिता हुन नसके पनि पछि विधानमै उल्लेख गरेर सुनिश्चित गरिने उनको भनाई छ ।
अण्डरलाइन नेकपाकाे सबै संगठनात्मक संरचनामा पनि पुरुषकै बर्चस्व देखिएपछि नवगठित पार्टीको आलोचना भइरहेको छ ।







