नेकपा अण्डरलाइन बनेपछि प्रचण्डलार्इ ठूलाे धक्का लागेकाे खुलासा भएकाे छ ।

एमालेसँग पार्टी मर्ज गरेका नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले असहयोग गरेको भित्री स्राेतले बताएकाे छ ।
दोस्रो वरीयताको अध्यक्ष भएसँगै प्रचण्डलाई श्रेष्ठ र थापाले टेरपुच्छर लगाउन छाडेका छन् । नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता रहनेछन् ।
तत्कालीन एमालेको केन्द्रीय कमिटी २०० सदस्यीय थियो । त्यसैले नेताहरू थप ४१ केन्द्रीय सदस्य छान्न लागेका छन् । यो सूची लगभग तयार भएको बताइएको छ ।
माओवादीको केन्द्रीय सदस्य ४ हजारभन्दा बढी थिए । पार्टी पुनर्गठन गर्ने निर्णय भए पनि त्यसले गति नपाएका कारण संगठन भद्रगोल अवस्थामा छ । अहिले कसलाई केन्द्रीय सदस्य बनाउने भन्ने निर्णय लिन कठिन भएको नेताहरूले बताएका छन् ।
शनिबार प्रचण्ड, श्रेष्ठ र थापाबीच पाँच घन्टा छलफल भएको थियो । छलफलको क्रममा २३५ भन्दा बढी नेताको नाम आएको छ । अझै थपिने क्रममा रहेको स्रोतको दाबी छ ।
केन्द्रीय सदस्य छानेपछि स्थायी कमिटीमा रहने १८ जनाको सूचीलाई अन्तिम रुप दिइने नेताहरूले बताएका छन् । स्रोतका अनुसार श्रेष्ठ र थापाले केपी ओलीभन्दा प्रचण्ड कमजोर रहेकाले प्रचण्डको गुट परिवर्तन गर्ने मन बनाएका छन् ।
श्रेष्ठ र थापाले ओलीलाई फाइदा पुग्ने गरेर प्रचण्डसँग डिल गर्न थालेका छन् । प्रचण्ड उनीहरूको व्यवहारबाट दिक्क बनेका छन् ।







