झापामा सुकुम्वासीहरूकाे उठीबास लगाउने एक जना जनप्रतिनिधिको घरमा नजिकै शक्तिशाली बम विस्फोट भएको छ ।

झापाको दमक नगरपालिका वडा नम्बर ७ वडाध्यक्ष भीम पौड्यालको घर नजिक बम विस्फोट भएको हो ।

बिस्फोटमा परी बाटो हिँड्दै गरेका दुई बटुवा घाइते छन् । इलाका प्रहरी कार्यालय दमका अनुसार घाइते हुनेमा दमक ८ का तिलोचन पोखरेल र प्रेम कुमारी राई रहेका छन् । उनीहरू श्रीमान श्रीमती हुन् ।

आइतबार साँझ भएको विस्फोटमा परी घाइते दुबैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

हिजो मात्रै दमक नगरपालिकामा बस्दै आएका सुकुम्बासीको विना विकल्प उठिबास लगाइएको थियो ।

पीडितका अनुसार पौड्याले सुकुम्बासी बस्तीमा डोजर लगाउने मुख्य भूमिका खेलेका थिए । उनेल राप्रपाबाट चुनाव जितेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार