माओवादी केन्द्रलाई एमालेमा मर्ज गरेपछि पुष्पकमल दाहाल प्रचण्ड तनावै तनावमा परेका छन् ।

केपी ओलीको पेलानमा पर्न सुरु गरेका प्रचण्डले आफू निकटका नेताहरूसँग पार्टी एकीकरण गरेर गल्ती भयो भनेर गुनासो गरेका हुन् । स्रोतका अनुसार प्रचण्डले आफू र नेता कार्यकर्ताको राजनीति ओलीले सिध्याइदिने हुन् कि भनेर आँशु झारेका थिए ।
ओलीले पार्टी कार्यालय धुम्रबाराहीमा राख्ने भनेर अडान राखेका छन् । प्रचण्डले पेरिसडाँडालाई पार्टी मुख्यालय बनाउन प्रस्ताव गरेका थिए । त्यति मात्रै होइन प्रचण्डले आफूले प्रस्ताव गरेका धेरै नेताहरूलाई हाइकमाण्ड, पोलिटव्युरो, स्थायी र केन्द्रीय कमिटीमा लैजानका लागि अरुचि देखाएको प्रचण्डले गुनासो गरे ।
नेकपाको केन्द्रीय समितिले आइतबार पूर्णता पाउन सकेको छैन । केन्द्रीय समितिमा थपघट गर्ने सदस्यको नाम टुंगो लाग्न नसकेको हो ।
पार्टी एकीकरण भएको तीन दिन बितेको छ । नेताहरू नाम टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका छन् । थपिने केन्द्रीय सदस्यको नाम टुंगो लगाउन अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सहज भएको छ । अध्यक्ष दाहाललाई भने सकस परेको छ ।
तत्कालीन एमालेले भने केन्द्रीय सदस्यहरूको नाम सहजै टुंगो लगाए पनि तत्कालीन नेकपा माओवादी केन्द्रभित्र भने सकस भएको हो । नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीमा रहने नेताहरूको टुंगो लागेको बताए । उनले सबैको नाम टुंगो लागेपछि सार्वजनिक गरिने बताए ।
एकीकृत कम्युनिस्ट पार्टीमा नौ सदस्यीय सचिवालय बनिसकेको छ । पार्टीको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।







