एमाले र माअाेवादी केन्द्र मिलेर बनाएकाे अण्डरलाइन नेकपामा अाफुहरूलार्इ षडयन्त्रमुलक पाखा लगाएकाे भन्दै नवगठित नेकपा अण्डरलाइनभित्र चरम असन्तुष्टि बढेको छ ।

दुई दलको एकीकरण प्रकृयामा महत्वपूर्ण भूमीका निर्वाह गरेका झलनाथ खनालदेखि भीम रावलसम्म असन्तुष्ट रहेको सार्वजनिक भएको छ। खनाल र रावलसंगै एमाले महासचिव ईश्वर पोखरेल, सचिव योगेश भटटराई ,उप महासचिव घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि असन्तुष्ट बनेको नेकपानिकट स्रोतले बताएकाे छ ।

असन्तुष्टि सावजनिक गर्ने क्रममा एमालेका बरिष्ठ नेता खनालले सार्वजनिक रुपमै एक अन्तर्वार्ता दिँदै यो प्रक्रिया आफले स्वीकार नगर्ने घाेषणा समेत गरेका छन् ।

राष्ट्र र राष्ट्रिताका पक्षमा कडा अडान राख्ने नेता रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयन पछि मात्रै भ्रमण सफल वा असफल हुने भन्दै भारत जानुलाई मात्र उपलब्धिका रुपमा ब्याख्या गर्न नहुने धारण सार्वजनिक गरेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमण गर्दा भएका सम्झौता कार्यान्वयन नभएको तर्फ सरकार सचेत हुनु पर्ने उनको धारणा रहेको थियो।

भारतीय हेपाहा प्रबृतिका बिरुद्ध खुलेर मुकाबिला गर्ने स्वभाव भएका रावललाई पार्टी एकीकरण प्रकृयामा किनारा लगाउन भारतीयहरु सक्रिय भएको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार दुवै पार्टीका बाहालवाला महासचिव खाली गरेर एकीकृत पार्टीको महासचिव भीम रावललाई बनाउने सहमति बनेको थियो ।

अध्यक्षद्वय ओली र प्रचण्डबाट सहमति तोडिएपछि नेता भीम रावलले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री ओली, पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसंग छलफल गरेका थिए।।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार