नयाँ जनवादी क्रान्तिका लागि भन्दै माेहन वैद्य नेतृत्वकाे क्रान्तिकारी माओवादीले अहिले देशव्यापी युवाहरूलार्इ लाठी तालिम दिइरहेकाे छ ।

पार्टीको निर्णय र क्रान्तिकारी युवा लिगको आयोजनामा ३ नं. प्रदेशको मकवानपुरबाट सुरु भएको क्रान्तिकारी उनीहरूकाे लाठी तालिम २ नं.को सिरहा, ५ नं. को कपिलवस्तु हुँदै १ नं. प्रदेशको ओखलढुंगामा चलिरहेको छ ।
पार्टीको पाँच महिने संगठन विस्तार तथा जनपरिचालन अभियानकै बीचमा क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशको आयोजनामा १४ बैशाखमा सैयौं युवाहरुको सहभागितामा काठमाडौंमा युवा मार्चपास सम्पन्न गरिएकाे थियाे । त्यस्तै २ जेठमा ५ नं. प्रदेशको बुटवलमा पनि युवा मार्चपास सम्पन्न गरिएको थियाे ।
चारवटै प्रदेशमा चलाइएको लाठी तालिमसँगै युवाहरुको वैचारिक, राजनीतिक प्रशिक्षणको उद्घाटन पार्टी महासचिव मोहन वैद्य‘किरण’ले गरेका थिए ।
युवाहरुलाई जुझारु बनाउने उद्देश्यले मार्सल आटर््स, लाठी चलाउने लगायत सामान्य परेड खेलाइएको साे पार्टीकाे युवा संगठनले बताएकाे छ ।
क्रान्तिकारी माओवादीले ७ वटै प्रदेशहुँदै जिल्ला जिल्लामा युवाहरुलाई प्रशिक्षित पार्दै जुझारु शक्तिको रुपमा विकास गर्ने तयारी गरिरहेको छ ।

वैद्य माओवादीद्धारा युवाहरुलाई दिइयो देशैभर लाठी तालिम

वैद्य माओवादीद्धारा युवाहरुलाई दिइयो देशैभर लाठी तालिम

वैद्य माओवादीद्धारा पार्टीका युवाहरुलाई दिइयो देशैभर लाठी तालिम








