
भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ । तर त्याे अाेलीकाे दबाबले हाेइन कि अाफ्नै कारणले ।
भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसको औचित्य पूरा भएकाले बन्द गरिन लागेको हो । सन् २००८ मा नेपालस्थित भारतीय दूतावासले खोलेको अफिसको औचित्य पूरा भएको भन्दै बन्द गर्न लागिएको स्रोतले जनाएको छ ।
कोशी नदीले निम्त्याएको बाढी नियन्त्रण एवं त्यसले उत्पन्न परिस्थिति सहज बनाउन भारतीय दूतावासले क्याम्प अफिस खडा गरेको थियो ।
यो निर्णय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा नेपालका प्रधानमन्त्री केपी ओलीलाई सुनाएका थिए । त्यतिबेलै ओलीले मोदीलाई धन्यवादसमेत दिएका थिए । ओलीले भने यो कुरालाई सार्वजनिक गरेका थिएनन् ।
प्रधानमन्त्री ओलीले तत्काल भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला भनेको कुरा सार्वजनिक गरेनन् । उनलाई खोक्रो राष्ट्रवादी नेता भएको आरोप लागेको थियो ।
अरुले भारतसंग नतमस्तक भएको आरोप लगाउँदै ओलीको खिल्ली उडाएकाले उनले मोदीको यो निर्णय आफ्नो दवावले आएको देखाउन चाहन्थे ।
तर क्याम्प अधिकारीले दिएको यो जानकारीले ओलीको फेरि ढाँटेको स्पष्ट देखिएको छ ।







