बुधवार अण्डरलाइन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरीका लागि ललितपुरको खुमलटारमा भव्य महल बनाइदिएकाे खबरले भाइरल बनायाे ।

ललितपुरमा आफू बस्दै आएको भाडाको घर नजिकै दाहालले छोरीलाई महल बनाइदिएकाे र जहाँ झण्डै पाँच रोपनी जग्गामा रहेको छ । सो घर आधुनिक शैलीमा निर्माण गरिएको छ ।

अध्यक्ष दाहाल आफू भने एकजना ठेकेदार शारदा अधिकारीको घरमा निःशुल्क बस्दै आएका छन् । ठेकेदार अधिकारी कलंकी नागढुंगाको सडक नबनाए राज्यलाई ठगी गर्दै आएका ठेकेदार हुन् ।

प्रचण्डले बनाइदिएको घरमा छोरी ज्वाइँहरू सरिसकेका छन् । उनीहरू हिन्दू रितिरिवाजअनुसार केही दिन अगाडि साइत हेराएर गृह प्रवेश गरेकाे बताइएकाे छ ।

झण्डै १५ करोडको लागतमा बनेको घरको आलोचना सुरु भएको छ । झण्डै १५ वर्ष सशस्त्र संघर्ष गरेका प्रचण्डले आफ्नी छोरीलाई बनाइदिएको यो घरको आफ्नै कार्यकर्ताहरूले आलोचना गरिरहेका छन् ।

सर्वहारा जनताको पक्षमा युद्ध लडेका प्रचण्डको यो कार्यले धेरै कार्यकर्ताको मनमा ठेस पुगेको छ । याे खबरपछि प्रचण्डका कार्यकर्ताकाे ठूलाे पंक्तिमा अाक्राेश र असन्तुष्टी उत्पन्न भएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार