सर्वाेच्च अदालतले विप्लव नेतृत्व नेकपा केन्द्रीय सदस्य एवं मजदुर नेता अमर झाक्रीलार्इ प्रहरीले पुन गरिफ्तार गरेकाेमा घाेर अापत्ति जनाउँदै झाक्रीलार्इ तुरून्त ४८ घण्टाभित्र सर्वाेच्चमा उपस्थित गर्न प्रहरी प्रशासनलार्इ अादेश दिएकाे छ ।

सर्वोच्च अदालतले रिहाइको आदेश गरे लगत्तै अदालत परिसरबाटै पक्राउ गरिएका नेकपा सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अमर झाक्रीलाई पक्राउ गरे पछि सर्वोच्च अदालतले गृहमन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि बन्दीको तर्फबाट भीम प्रसाद शर्माले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताद्वय कपिलचन्द्र पोख्रेल र दुर्लभकुमार पुनमगरले बन्दी प्रत्यक्षीकरणको रिटमा बहस गरेका थिए ।

वैशाख ९ गते अर्थात बुधबार उक्त रिट उपर सुनुवाई गर्दै कायम मुकाय प्रधान न्यायाधीश दीपकराज जोशीको एकल इजलासले लिखित जवाफ सहित बन्दीलाई ४८ घण्टाभित्र उपस्थित गराउन भनी गृहमन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वाेच्च अदालतले शान्तिपूर्ण अवस्थामा रहेका नेता या कार्यकर्तालार्इ त्यसरी राज्यले पक्राउ गर्न घाेर अन्यायिक कदम भएकाे भन्दै अापत्ति जनाएकाे छ ।

सर्वाेच्चले प्रहरी प्रशासनलार्इ जारी गरेकाे पत्र –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार