किङ थापा / भारत कर्नाटक
नेत्र विक्रम चन्द विप्लवलार्इ समर्थन गर्ने नेपाली प्रवासीहरू भारतमा नयाँ शिराबाट संगठित भइरहेका छन् । यसै क्रममा प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्य समितिको प्रथम राज्य सम्मेलन सम्पन्न भएको छ ।

प्रवासी नेपाली जनसमाज भारतका इन्चार्ज देविदत्त पाण्डे प्रमुख अतिथि रहेको सम्मेलनमा जनसमाजका भुतपुर्व इन्चार्ज संतोषि विक, मोर्चाका केन्द्रीय सचिवालय सदस्य दलबहादुर ओखेडा, केन्द्रीय सदस्य तेजबहादुर तिरुवा, पुर्व जनमुक्ति सेना नेपालका मदन ओली र देव राज थापा उपस्थित थिए ।
सम्मेलनले देवेन्द्र रावलको अध्यक्षतामा १९ सदस्यीय राज्य समिति चयन गरेको छ । सम्मेलनको घोषणासभामा प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय सदस्य तथा पुर्व राज्य अध्यक्ष तेज तिरुवाले नवनिर्वाचित राज्य समितिको नामावली घोषणा गरेका थिए भने दलबहादुर ओखेडाले निर्वाचितहरुलाई सपथग्रहण गराएका थिए । \
यस्तै जनप्रगतिशील मोर्चा मलेसियाका पुर्व अध्यक्ष अनिल आचार्य, बुद्धिजीवी दिनेश विक, अन्तर्राष्ट्रिय नेपाली मञ्च कर्नाटकका संयोजक राकेश रावल, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान बेंलुर संयोजक गोविन्द ढकाल, पत्रकार दिपक रावल, लोक तथा पप गायक मेवजन कडायत लगायत विभिन्न संघसंस्थाका ब्यक्ति उपस्थित थिए ।
सम्मेलनको अध्यक्षता देवेन्द्र रावलले गरेका थिए भने कमल आचार्यले संचालन र उपाध्यक्ष टेकराज खातिले स्वागत भाषण गरेका थिए ।
सम्मेलनमा प्रवासी नेपाली जनसाँस्कृतिक परिवारका कलाकारहरुले गित संगीत प्रस्तुत गरेका थिए ।

विप्लव नेतृत्वको नेकपालाई समर्थन गर्ने प्रवासी नेपालीहरु भारतमा संगठित हुँदै

विप्लव नेतृत्वको नेकपालाई समर्थन गर्ने प्रवासी नेपालीहरु भारतमा संगठित हुँदै








