अण्डरलाइन नेकपाकाे केन्द्रीय समिति बनाउँदा नातावाद र कृपावादमा अाधारित रहेर बनाइएकाे भन्दै तत्कालीन माओवादी केन्द्रका ८७ जना पोलिटव्यूरो सदस्यले प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललार्इ फरकमत राखेका छन् ।

उनीहरुले आफ्नो फरक मत अध्यक्ष प्रचण्डलाई बुझाएका छन् । तत्कालीन माओवादीभित्र केन्द्रीय कमिटी निर्माणमाथि असन्तुष्टि देखिएको छ ।
एमालेसँगको एकतामा तत्कालीन माओवादीको भागमा २०० केन्द्रीय सदस्य परेकाेमा ४४१ केन्द्रीय कमिटीमा आफु नपरेको भन्दै माओवादी केन्द्रका ८७ पाेलिटव्युराे सदस्यहरूले यस्ताे असन्तुष्टि राखेका छन् ।
तत्कालीन माओवादीमा चार हजार केन्द्रीय सदस्य थिए । नवगठित अण्डरलाइन नेपाल कम्युनिष्ट पार्टीको अनौपचारिक बैठक बिहीबार बसेकाे थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई स्वीकृत गर्न र जिम्मेवारी तदारुकताका साथ लागू गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका थिए ।
तर पार्टी केन्द्रीय समिति बनाउँदा पूर्व दुर्इ पार्टीका समुहहरूमा देखा परेकाे ठूलाे असन्तुष्टीले साे पार्टीले पूर्ण अाकार ग्रहण गर्न नपाउँदै विघटन हुने देखिएकाे छ ।
पूर्व माअाेवादी केन्द्रका ८७ पाेलिटव्युराे सदस्यहरूले राखेकाे असन्तुष्टीकाे फरकपत्र









