रुकुमबाट अण्डरलाइन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनाइएका गोपाल शर्मा‘अनल’ ले पाएको अाफ्नाे पद छाडेको घोषणा गरेका छन् ।

उनले आफू भन्दा क्षमतावान र धेरै होनाहार नेता छुटेकाले उनीहरुका लागि पद त्याग गरेको बताएका छन् । तत्कालीन माओवादी केन्द्रका रुकुम अध्यक्ष शर्माले आफुले पाएको पद असन्तुष्टिले भन्दा पनि अगुवालाई अवसर दिन छाडेको बताएका छन् ।
उनले भूमिका नभएकाहरुलाई भूमिका दिन आफुले केन्द्रीय सदस्य पद छोडेको बताए । ‘म त सांसद छँदैछु नि, किन मलाई दोहोरो पद चाहियो’, उनले भने, ‘अरु साथीहरु भूमिकाविहीन हुनुहुन्छ, उहाँहरुलाई समेट्दा काम गर्न पनि सजिलो हुन्छ ।’
रुकुमका पूर्व पाल्पा जिल्ला इन्चार्ज वसन्त शर्मा र विप्लवबाट आएका महेन्द्र केसीलाई भूमिका दिन आफुले पद छाडेको उनले बताए । गोपाल शर्मा पाल्पाको सेक्रेटरी हुँदा वसन्त शर्मा पाल्पा इन्चार्ज थिए ।
‘वसन्त शर्मा लामो समय पाल्पाको इन्चार्ज हुनुभयो, महेन्द्र केसी विप्लवबाट नेतृत्व लिएर माओवादी केन्द्रमा आउनु भएको हो’, उनले थपे, ‘उहाँसँगै विप्लवबाट आउने केन्द्रीय सदस्य भइसके तर उहाँ पर्नु भएन, उहाँहरुलाई जसरी पनि केन्द्रीय समितिमा समेट्नु पर्छ ।’
गोपाल शर्माको नेतृत्वमा स्थानीय निर्वाचनमा माओवादी केन्द्रले रुकुममा अन्य दललाई स्वीप गरेको थियो ।







