अण्डरलाइन नेकपाका दाेस्राे तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला आफु निकटका नेताहरुलाई रिझाउनै व्यस्त बनेका छन् ।

स्रोतका अनुसार नेकपा अण्डरलाइनमा अाफुहरूलार्इ केन्द्रीय सदस्य नबनाईएको भन्दै पूर्व माओवादी केन्द्रका पूर्व पाेलिटव्युराे सदस्यहरुले नै प्रचण्डलाई घरमै आएर दिनदिनै दबाब दिन थालेका छन् ।

तर, प्रचण्ड भने उनीहरुलाई फकाउन अनेकन अाश्ववासन दिएर तत्काल समस्याका समाधान निकालिरहेका छन् ।

अण्डरलाइन नेकपाका एक नेताले भने,‘एकतापछि प्रचण्डसँग पार्टीभित्रका पूर्व माओवादी केन्द्रका नेताहर रुष्ट छन् । दलित, महिला, मधेशी लगायतका विभिन्न आरक्षण कोटाका साथीहरुले अहिले प्रचण्डसँग असन्तुष्टि पोखिरहेका छन्’, उनले भने, ‘प्रचण्डजीको निवासमा अहिले नेकपाको स्थायी समिति र केन्द्रीय समितिमा अटाउन नसकेका साथीहरुको घुँईचो लागेको छ । विहानदेखि बेलुकासम्म भीड लागेको छ ।’

प्रचण्डले असन्तुष्टि र आक्रोश लिएर आफूकहाँ धाउने नेताहरुलाई यसपटक केन्द्रीय सदस्य नभएकाहरूलार्इ पछि व्यवस्थापन गर्छु भन्दै आश्वस्त तुल्याउने काम गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार