पुर्व (माओवादी केन्द्र) र एमाले बीचको एकता भएर अण्डरलाइन नेकपा बनेपछि पूर्व माअाेवादी केन्द्रका नेता कार्यकर्तामामा तीव्र असन्तुष्टी बढेकाे छ।
अाइतबार पुर्व माओवादी केन्द्रका दर्जनौं नेता कार्यकर्ताहरुले माके एमाले एकतामा नजाने घोषणा गर्दै बिमल अधिकारीको नेतृत्वमा ५१ सदस्यीय नेकपा (माओवादी ) को घोषणा गर्दै रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेका छन् ।
सो पत्रकार सम्मेलनमा पुर्नगठित नेकपा (माओवादी केन्द्र) का प्रदेश न. ५ का इन्चार्ज आलोक रायमाझीले बधाई तथा शुभकामना दिएका थिए ।
बाेल्ने क्रममा रायमाझीले कलियुगको महाभारत युद्ध अब सुरु भैइसकेकाे बताए । यो महाभारत युद्धमा प्रचण्डले कृष्णलाई नरोजेर, फौज लाई मात्रै रोजेकाे, अाफुहरूले फौज नरोजेर केबल कृष्णलाई रोजेकाे भन्दै,जित अाफुहरूकाे हुने उनकाे दाबी थियाे ।
उनले हार निश्चित छ भन्ने जान्दाजान्दै पनि मन नलागी नलागी युद्धमा होमिने कर्ण जस्तो नबन्न उनले प्रचण्डलार्इ अनुराेध गरे ।
प्रचण्ड, केपीलाई इङित गर्दै उनले भने, ‘तिमी कौरबहरुसंग अहिले षड्यन्त्र र आपराधिक मानसिकताले भरिएको जत्था र फौज दुबै ठुलो छ, हामी पाण्डबहरुसंग बिचार, सिद्धान्त, निष्ठा र जनताप्रतिको लगाव छ, त्यसैले पनि जित हाम्रो पक्का छ ।’
उनले पुर्ब (माओवादी केन्द्र) का नेताहरूलाई गम्भीर आरोपसमेत लगाए प्रचण्ड कम्पनीका पुर्ब माओवादीमा सत्ताको स्वाद चाखेखा अधिकांश नेताहरु अर्बपति बनिसकेकाे, अहिले त्यो कालो धनलाई कसरी सेतो बनाउने भनेर दर्जनौं व्यावसायको नौटंकी गरिरहेकाे गंभीर अाराेप लगाए
पार्टी घोषणा कार्यक्रमबाट बिमल अधिकारीलाई संंयोजक बनाउँदै ५१ सदस्यीय समिति बनाइएको छ ।







