नेकपा अन्डरलाइनका नेता बामदेव गौतमले पूर्वमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले जनताको बहुदलिय जनवाद स्वीकार गरेकाे खुलासा गरेका छन् ।

उनले एक अन्तरवार्तामा अहिले जनताको जनवादी भनिएपनि अन्तरबस्तु उही भएकोले बताउँदै माओवादीहरुले जबज स्वीकार गरेको घुमाउरो भाषामा बताए ।

“अहिले समाजवाद उन्खुम जनताको जनवाद भनेका छौँ, अन्तरवस्तु जबजकै हो । त्यसलाई हामीले छोडेका छैनौं । जबजमा जे छ त्यही जनताको जनवादमा पनि त्यही छ, अब माओवादीले के स्वीकार गर्यो र के गरेन भन्ने कुरा हेर्नुस्” गौतमले अन्तरवार्ताको क्रममा भने ।

उनले आफ्नो मुखबाट भन्न लगाउन समेत आग्रह गरे । गौतामले एमालेले केही कुरा छोडेपनि सार कुरा नछोडेको दाबी गरे ।

गौतमले अहिले मास्टर पाइलट केपी ओली भएको बताउँदै त्यसपछि प्रचण्ड हुने र त्यो ठाउँमा आफूहरु पनि पुग्ने बताए । उनले आफू ९० वर्षसम्म पनि सक्रिय राजनीति गर्ने बताए ।

गौतमले पार्टीमा झलनाथ खनाललाई अन्यय भएको तर निर्णय मानिसकेको बताए ।

अन्तरवार्ताको अन्तिममा गौतामले पार्टीको केन्द्रीय कमिटी बढ्ने बताए । उनले निर्वाचन आयोगमा दल दर्तामा परेको समस्या फुकाउन पनि आवश्यक संख्या थप्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार