अण्डरलाइन नेकपाका दाेस्राे अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेपछि पार्टीमा ठूलाे असन्तुष्टी रहेकाे बढेकाे स्वीकार गरेका छन् ।
ऋषि धमलासँगकाे कुराकानीमा प्रण्डले यस्ताे स्वीकार गरेका हुन् । प्रचण्डसँगकाे कुराकानीकाे सानाे अंश \
तपाईले माओवादीलाई एमालेमा मिसाएपछि केही कार्यकर्ता त असन्तुष्ट छन् नि ?
म दुरद्रष्टा हुन्छु भनेर कुनै पनि निर्णय गरेको छैन । मैले यतिबेला यो देशलाई र जनतालाई यसरी फाइदा हुन्छ भनेर निर्णय गरेको हुँ । म दुरद्रष्टा हुन्छु कि हुन्न, राजनेता हुन्छु कि हुन्न भनेर मैले कहिल्यै पनि सोचेको छैन । अहिले पनि त्यही गरेको हुँ । अर्को कुरा मैले हरेकपटक नयाँ कदम चाल्दा असन्तुष्ट देखिने गरेको छ । यो पटक चाँही मैले सबैभन्दा कम असन्तुष्टी देखेको छु ।
तपाई आफै प्रधानमन्त्री बन्ने आधार हुँदाहुँदै किन केपी ओलीलाई बनाउनुभयो ?
मलाई गहिरो गरी जिम्मेवारी बोध भयो । यो मेरो चरित्र र स्वभाव पनि हुन सक्छ । मैले राष्ट्र र जनताबाहेक अरु कहिले पनि सोचिन । मैले राजनीतिक गर्दा यो अवस्थामा पुग्छु भन्ने सोचेको पनि थिइन । अरु ठूला नेता हुन्छन्, हामी त पछि लाग्ने मात्रै हो भन्ने लाग्थ्यो । तर काम गर्दै जाँदा आफै ठूलो ठाउँमा आइपुँगे । मेरो लक्ष्य प्रधानमन्त्री वा राष्ट्रपति बन्ने होइन । तर यो परिवर्तनमा सबैभन्दा बढि संघर्ष गरेको पात्र भएको नाताले परिवर्तनको रक्षा होस भन्ने चाहन्छु । मैले दुईपटक प्रधानमन्त्री हुँदा आफैँ राजिनामा दिएको हुँ । प्रधानमन्त्रीको प्रस्ताव आउँदा म अहिले हुन्न पनि भनेको छु । निर्वाचनपछि पनि मलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो । उहाँहरुलाई धन्यवाद दिदै देश र जनताको हितमा लागेको हुँ । प्रधानमन्त्री हुने लोभ नगर्दा मलाई गर्व लागेको थियो । मैले जनता र कुनै पार्टीसँग गरेको बाचा तोडे भने त मेरै आत्माले गलत भन्छ नि । अहिले पनि केपीजीलाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्दा मलाई गर्व लागेको छ ।
अब प्रधानमन्त्री बन्ने सम्भावना कति छ ?
भोली कुनै दिन प्रधानमन्त्री बन्नुपर्ने अवस्था आयो भने वा राष्ट्रपति बन्नुपर्ने अवस्था आयो भने म भाग्छु भन्ने चाँही होइन । अब पाँच वर्ष त यही सरकारलाई प्रभावकारी बनाएर देश र जनताका हितमा काम गर्नुपर्छ । परिणामुखी बनाउनुपर्छ ।







