जेठ १५ गते मंगलबार एक दैनिक पत्रिकामा छापिएको “सेनाको निगरानीमा विप्लव र राउत समूह” शीर्षकको समाचारप्रति विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएको छ ।

“विप्लव समूह पछिल्लो समय हप्ता असुली र चन्दा उठाउने र सरकारी विद्यालयहरुमा सम्मेलन गर्ने” जस्ता क्रियाकलापमा रहेकाे भन्दै नेपाली सेनाले जेठ १४ गते सैनिक मुख्यालय, जंगी अड्डाकाे बैठकमा प्रतिवेदन बुझाएको समाचार बनार्इएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टीले यो दलाल संसदीय व्यवस्थालाई अस्वीकार गरेको र नेपालमा समृद्धि, विकास र दिगो शान्तिका लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले जनताको वास्तविक सत्ता अभ्यास स्थानीय तहमा जनसत्ता सञ्चालन गरिरहेको परिप्रेक्षमा लिइने कर, आर्थिक सहयोगलाई हप्ता असुली भन्ने समाचारलार्इ खारेज गरेकाे छ ।

नेकपाले भनेको छ, ‘वर्तमान राज्य प्रणालीले जनताका समस्या समाधान गर्नुको सट्टा, उनीहरुमाथि शोषण, दमन र उत्पीडन नै कायम राखिराखेका छन् । सत्तामा पुग्न र टिकाइ राख्नका लागि राष्ट्रघात र जनघात गरिराखेका छन् । यस्तो अवस्थामा नेपालका सबै देशभक्त शक्ति र संघ/संस्थाहरुले यसको विरोध गरी भ्रम पूर्ण र तथ्यरहित टिकाटिप्पणीबाट मुक्त जरुरी पनि भैसकेको छ ।’

समाचारलार्इ तथ्यपरक ढंगले लेख्न नेकपाले विशेष अाग्रह समेत गरेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार