चीनको एजेन्ट भएको भन्दै संघीय समाजवादी फोरम नेपालका सहध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री बन्न नसकेको खुलासा भएको छ ।

उच्च स्रोतका अनुसार संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले सहअध्यक्ष श्रेष्ठलाइ भारतीय पक्षको दवावमा मन्त्री नबनाएको खुलासा भएको हो ।

मन्त्री पदको शपथ लिनु केही समय अगाडि भारतीय राजदूतावासका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका यादवले त्यसपछि मन्त्री बन्नेहरूको सूची परिवर्तन गरेका थिए । चीनसँग निकट रहेका भनिएका श्रेष्ठलाई मन्त्री नबनाउन भारतीय पक्षले नै दवाव दिएको थियो ।

हुन त भारतको विरोध गरेको जस्तो गर्दै आएका यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गरेर फिर्ता भएपछि आफ्नो स्वरमा केही परिवर्तन गरेका थिए ।

यसैगरी सह–अध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षले आफूलाई धोका दिएको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार