अरुण–३ जलविद्युत आयोजनाको निर्माण सम्झौता नेपालको हित विरोधी भन्दै त्यसको विरोध गर्दै आएको नेकपाले निर्माण कम्पनी सतलज जलविद्युत कम्पनीलाई पत्राचार गर्दै नेपाल छोडेर जान अनुरोध गरेको छ ।

अन्यथा नेपालमा भारत विरोधी जनमत अझ उग्र हुने र आयोजनाकोे ठूलो रकम डुब्ने चेतावनी पनि दिएको छ । उसले अरुण–३ जलविद्युत आयोजनामा हात हालेर सतलजले नेपालको हितविपरित कार्य गरेको बताएको छ ।

“यो परियोजना नेपाल सरकारले संविधानको धारा २७९ (अन्तरिक संविधानको धारा १५६) लाई छल्दै चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुप्पिएको छ । त्यसकारण नेपाल सरकार र यहाँका दलहरुलाई दबाब र प्रभावमा पारेर भारत सरकारमार्फत तपाईँहरु नेपालको हित विरोधी काममा संलग्न हुन दुःखको विषय हो । तसर्थ अरुण–३ परियोजनाबाट हात झिकेर फर्कन हामी तपाईँहरुलाई अनुरोध गर्दछौं” नेकपाका पूर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

विरहीले अन्यथा कम्पनीको लागनी डुब्ने चेतावनी दिएका छन् । पत्रमा नेपालको हित विरोधी, संसदस्य दलहरुले प्रभु खुशी पार्न गरिएका र नेपाली जनताद्वारा अनुमोदन नभएका कुनै पनि राष्ट्रघाती सम्झौताहरु आफ्नो पार्टीलाई मान्य नहुने बताइएको छ ।

नेकपा पूर्वी कमान्डद्वारा प्रेषित पत्रको पूर्णपाठ –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार