
अन्तरार्ष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाे भन्दै केपी अाेली नेतृत्वकाे सरकारकाे निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्यबृद्धि गरेपछि सर्वसाधारणकाे जनजीवन निकै अस्तव्यस्त भएकाे छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य बढेर आएकाे भन्दै निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (एटीएफ) को मूल्य भाउ बढाएको बताएकाे छ ।
पेट्रोल, डिजेल, मट्टीतेल प्रति लिटर तीन —तीन रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तराष्टियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन् । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।
भाउ बढेपछि पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ । एटीएफ आन्तरिकतर्फ तर्फ प्रतिलिटर १०० रुपैयाँ र अन्तराष्ट्रितर्फ प्रति केएल ७५ डलर बढेर एक हजार ७५ डलर पुगेको छ ।
अाेली सरकारमा अाएपछि याे पाँचाैपटक गरिएकाे मुल्यवृद्धि हाे ।







