
Nepal Politics
एकीकृत जनक्रान्तिकाे कार्यदिशाबाट वैज्ञानिक समाजवाद प्राप्तिकाे बाटाेमा हिडेकाे विप्लव नेतृत्वकाे नेकपालार्इ प्रधानमन्त्री केपी ओलीले पृथकतावादीकाे गंभीर अाराेप लगाएका छन् ।
विप्लव नेकपाले गर्न खाेजेकाे राजनीतिक क्रान्तिलार्इ अाेलीले पृथकतावादसँग जाेड्ने गरेका छन् ।
विप्लव नेतृत्वको नेकपाप्रति लक्षित गर्दै ओलीले मुलुकले शान्ति समृद्धि खाेजेकाले हिंशात्मक गतिविधि गर्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिएका हुन् ।
सोमबार प्रदेश ३ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘ मुलुकमा हिंसा र पृथकतावाद जरुरी छैन । त्यस्ता गतिविधि भए शैह्य हुँदैन । म त्यो बाटोमा नलाग्न अपिल गर्न चाहन्छु ।’
उनले शान्तिपूर्ण भनिएपनि विप्लवको नामै नलिई सो पार्टीका गतिविधि पृथकतावादतर्फ उन्मुख भएको दाबी समेत गरे ।
मुलुकमा हिंसा र पृथकतावाद जरुरी नभएको भन्दै त्यस्तो गतिविधि भए सरकार हेरेर नबस्ने चेतावनी दिएका छन् ।







