चीनले अाेली नेतृत्व सरकारलार्इ एकपटक पुन : अविश्वास गरेकाे प्रमाण पुष्टी भएकाे छ ।

अासन्न जुन महिनाको ९ र १० तारिखमा चीनमा हुन लागेको सम्मेलनमा नेपाललाई निमन्त्रणा नपठाएपछि यस्ताे पुष्टी भएकाे हाे । सांघाई को–अप्रेसन अर्गनाइजेशन (एससीओ) सम्मेलनमा चीनले नेपाललाई नबोलाउनुलाई कुटनीतिक असफलताका रुपमा हेरिएको छ ।
यो सम्मेलनमा नेपालले सहभागी हुने इच्छा देखाएको थियो । तर, अाेली सरकारको असफल परराष्ट्र नीतिले ओलीलाई फेरि एक पटक ठूलो झट्का लागेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल असफल भएका छन् ।
हुन त चीनले असारको पहिलो साता प्रधानमन्त्री केपी ओलीलाई औपचारिक निम्तो पठाएको छ । ओलीले पनि चीन जानका लागि सबै तयारी गर्न निर्देशन दिइसकेका छन् ।
यद्यपि, चीनले नेपालप्रति किन अविश्वास देखाएको छ भनेर कुटनीतिक जानकारहरूले चिन्ता जनाएका छन् । यसअघि चीनले बोआओ फोरममा पनि नेपाललाई बोलाएको थिएन ।
अहिले पनि चीनले नेपालको अाेली सरकारलाई धेरै विश्वास नगरेको यो घटनाले देखाएको छ । चीन भ्रमणमा जानु ओलीको ठूलो उपलब्धि होइन । तर, चीनले गर्ने व्यवहार नेपालका लागि महत्व राख्छ ।
भूकम्प र भारतीय नाकाबन्दीका बेला चीनले नेपाललाई सहयाेगका लागि ठूलाे रकमकाे घाेषणा गरेकाे थियाे ।
भारतलाई तर्साउन नेपालले चीनको कार्ड खेले पनि चीनले त्यसलार्इ खासै महत्वकाे रूपमा नहेरेकाे बुझिएकाे छ ।







