विद्यामन्दिर उच्च माविका प्रधानाध्यापक वीरबहादुर शाहीलाई विप्लव नेतृत्वकाे नेकपा निकट क्रान्तिकारीका विद्यार्थीहरूले कालोमोसो दलेका छन् ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले अाज मंगलबार विनायकस्थित विद्यालयको अाफ्नै कार्यकक्षमै रहेका शाहीलाई कालोमोसो दलेका हुन् ।

केही समय पहिले वृद्धि गरेको शूल्क फिर्ता हुनुपर्ने, विद्यालयमा भएको अनियमितताको छानविन हुनपर्नेलगायतका माग राखि अखिल क्रान्तिकारीले विद्यालयको प्रशासनमा तालाबन्दी गरेको थियो ।

आफ्ना मागहरुको बेवास्ता गरेको, प्रहरी प्रशासन लगाएर विद्यार्थीलाई गिरफ्तार गराउने षड्यन्त्र गरेको भन्दै विद्यार्थीहरुले शाहीलाई कालोमोसो दलेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार