अाेली र प्रचण्ड नेतृत्वकाे नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टीमा पर्याप्त मात्रामा छलफल नगरी केन्द्रिय हाइकमाण्ड बनाएकाे भन्दै असहमति व्यक्त गरेका छन् ।

महासचिवीय प्रणालीबारे  त झन् कुनै कुराकानी समेत नभएकाे पाण्डेकाे तर्क छ। पाण्डेले एक अनलाइनखबरसँगकाे कुराकानीमा यस्ताे बताएका हुन् ।

बैधानिक हाइकमाण्ड स्थायी समिति हुनु पर्ने भन्दै पाण्डेले अहिलेकाे सचिवालयलार्इ हाइकमाण्ड बनाउन नहुनेमा पाण्डेकाे जाेडदार माग रहेकाे छ ।

पाण्डेले अनलाइनखबरसँग गरेकाे कुराकानीकाे सानाे अंश –

अहिले पार्टीमा केन्द्रीय सचिवालय बनाइयो । पहिलो कुरा त पार्टीको तर्फबाट बिधान मस्यौदा कार्यदल बन्दा सचिवालय राख्ने छलफल नै भएको थिएन । अन्य पदहरु सिर्जना गर्ने कुरा पनि भएको थियो ।

दुईजना अध्यक्ष राख्ने, बाँकी सबै सदस्य रहने कुरा थियो । पूर्वप्रधानमन्त्री र पार्टीको प्रमुख भइसकेका नेतालाई वरिष्ठ नेताको सम्मान दिनेसम्मको कुरा भएको हो ।

पछि उहाँहरुले महासचिव पद पनि राख्नुभयो । केन्द्रीय सचिवालयलाई कतिपयले हाइकमाण्ड पनि भनेका छन् । तर यो हाइकमाण्ड होइन ।

सचिवालय भनेको निर्णय कार्यान्वयन गराउने निकायसम्म हुनसक्छ । तर कार्यकारी काम गर्ने बैधानिक हाइकमाण्ड स्थायी कमिटी नै हो । सचिवालयलाई हाइकमाण्डको ढंगले चलाउनु पनि हुँदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार