
पूर्व माअाेवादी केन्द्र एमालेमा विलय भएकाे भन्दै साे पार्टीका अधिकांश नेता र कार्यकर्तामा चरम असन्तुष्टी मात्र बढेकाे हाेइन विभाजन समेत तीव्र मात्रामा अाउन थालेकाे छ ।
खासगरी पूर्व माअाेवादी समुहमा ठूलाे विभाजन अाएकाे हाे । प्रचण्डहरू एमालेमा विलय हुने पुगेकाे भन्दै साे पार्टीबाट गाेपाल किराती, विश्वभक्त दुलाल अाहुतीलगायत नेताहरूले छुट्टै समुह खडा गरेका छन् ।
यसै क्रममा दाहाल नेतृत्वको माओवादी केन्द्रभित्रको असन्तुष्टि भुसका लागेको आगोजस्तै फैलिँदै गएको छ । फेरि केही नेताहरु माओवादी केन्द्र पुर्नगठन गर्न लागेका छन् । यसअघिका विभाजनमा सांसदहरु गएका छैनन् तर यो पटक भने केही सांसदहरुसँगै कार्यालय सदस्य, धेरै पोलिट्ब्यूरो र केन्दीय सदस्यहरु मिलेर नयाँ पार्टी बनाउन लागेका छन् ।
एमालेसँगको एकतासँगै जनयुद्धबाट प्राप्त उपलब्धी गुमेको र जनतासँग गरेको प्रतिवद्धताबाट मुख्य नेताहरु पछि हटेको उनीहरुको निष्कर्ष निकालेका छन् । यसको संयोजन नेता भविसोर पराजुलीले गरेका छन् । उनी निर्वाचनमा माओवादी केन्द्रबाट नवलपुर १ का प्रतिनिधि सभा उम्मेदवार समेत बनेका थिए ।
एमालेसँगको एकताको विरोध गर्दै नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने निष्कर्षसहित जेठ २९ गते विशेष भेला बोलाइएको छ । छलफलमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्रलाई नै पुर्नगठन गर्ने की नयाँ पार्टीको नाम राख्ने भन्नेबारे पनि छलफल भएको छ ।
अधिकांश नेताहरुले माओवादी केन्द्रले गलत संस्कारको संस्थागत गरेका कारण नयाँ माओवादी पार्टी गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् भने केही नेताहरुले नाम र चुनाव चिन्हसहित माओवादी केन्द्रकै पुर्नगठन गर्नु पर्नेमा बताएका छन् ।
माओवादी केन्द्रका करिब ६ हजार महाधिवेशन आयोजक समितिका सदस्यहरुको बहुमत एमालेसँगको एकतामा नगएको बताइएको छ ।
त्यसैगरी पूर्व जनमुक्ति सेना कमाण्डर र वाइसिएलका केही पदाधिकारीसहितका नेताहरु जेठ २९ गतेको भेलामा सहभागी हुने बताइएको छ ।







