
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले कालिकाेटमा स्थानीय जनताकाे विशाल सहभागितामा एकीकृत जनजागरणअभियान चलाएको छ ।
‘एकीकृत जनजागरण’ अभियान अन्तरगत जिल्लाभर साँस्कृतिक टोलीसहित नेकपाका नेता–कार्यकर्ता गाउँगाउँमा पुगेका छन् ।
नेकपाका पाेलिटव्युराे सदस्य अाेम प्रकाश पुनकाे नेतृत्वकाे अभियान टाेली जिल्लाका विभिन्न स्थानमा पुगेकाे छ ।
अभियानकै क्रममा बुधबार मुम्रामा विशाल जनसभा सम्पन्न भएको छ । सभालाई पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका थिए ।
साे कार्यक्रमबाट पूर्व एमाले र माओवादी केन्द्रका तीन दर्जन नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरूलार्इ पाेलिटव्युराे सदस्य अाेम प्रकाश पुनले अविर लगाएर स्वागत गरेका थिए ।
त्यसैगरी बुधबार कालिकाेटकै रास्कोटमा साँस्कृतिक कार्यक्रमसहित जनसभाको आयोजना गरिएको छ ।
विप्लव नेतृत्वकाे नेकपाकाे एकीकृत जनजागरण अभियानले गाउँ गाउँमा पुगेर जनतालार्इ प्रशिक्षित गरेकाे नेकपाका नेताहरूले बताएका छन्।
साथै अभियानले जनता र कार्यकर्तामा क्रान्तिकारी अाशा संचार पैदा गरेकाे नेकपाका नेताहरूकाे भनार्इ रहेकाे छ ।

कालिकोटमा विप्लव नेकपा जनजागरण अभियान लिएर गाउँँ गाउँमा

कालिकोटमा विप्लव नेकपा जनजागरण अभियान लिएर गाउँँ गाउँमा

कालिकोटमा विप्लव नेकपा जनजागरण अभियान लिएर गाउँँ गाउँमा

कालिकोटमा विप्लव नेकपा जनजागरण अभियान लिएर गाउँँ गाउँमा







