
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष अमर झाक्री एक महिना लामाे प्रहरी हिरासतबाट रिहा भएका छन् ।
नेकपा निकट मजदूर संगठनका अध्यक्ष झाक्रीलाई बुधबार रोल्पा जिल्ला अदालतले साधारण तारिखमा रिहा गरेको हो ।
जेठ ७ गते सर्वाेच्च अदालतले रिहाइकोे आदेश दिने वित्तिकै थप सोधपुछको लागि भन्दै प्रहरीले झाक्रीलाई अदालत परिषरबाटै पुनः पक्राउ गरि रोल्पा लगिएको थियो ।
वैशाख १८ र १९ गते पोखरामा सम्पन्न महासङ्घको राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न काठमाडौंको अनामनगरमा रहेको संवाद डबलीमा वैशाख २५ गते पत्रकार सम्मेलन गरिरहेको बेला प्रहरीले सो संगठनका नेताहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पुर्वसन्ध्यामा सुरक्षाको कारण देखाउदै पक्राउ गरेर सार्वजनिक अपराधको मुद्दा लगाएको थियो ।







