सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल कांग्रेस निकट नेपाल विद्यार्थी संघले विरोध स्वरुप प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।

नेविसंघ पाटन संयुक्त क्याम्पनसले मूल्य वृद्धि फिर्ताको माग गर्दै विहीबार पुत्ला दहन गरेको हो ।

पेट्रोलियम पदार्थसहित अन्य सामाग्रीको मूल्य फिर्ताहुनपर्ने माग सहित नेविसंघल देशव्यापी विरोधका कार्यक्रम गर्दैआएको छ ।

मसाल जुलुससहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम सकिसकेको साे संगठनले जनाएकाे छ ।

विराेध कार्यक्रम अन्तरगत बुधबार सबै जिल्ला प्रशासन अगाडि धर्ना र चक्काजामका कार्यक्रम गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार