जानकी दहित

दाङमा विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीमा धुब्रीकरण हुने अभियान सुरु भएको छ ।
यसैक्रममा दाङको राजपुरमा माकेका तर्फबाट तत्कालिन वडा अध्यक्षका उम्मेद्वार कल्लु यादवसहित दर्जनौं कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
राजपुर गाउँपालिकाका तत्कालिन वडा नं. ३ का वडा अध्यक्ष उम्मेद्वार कल्लु यादवसहित माकेका ५० जना कार्यकर्ताहरु आज नेकपामा प्रवेश गरेका हुन् । माओवादी केन्द्र एमालेमा विलय भएका कारण असन्तुष्टि व्यक्त गर्दै उनीहरुले क्रान्तिमा समाहित हुने संकल्पका साथ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताएका छन् ।
यसैबीच नवप्रवेशीहरुलाई एक कार्यक्रमका बीच स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज सविन पोख्रेल, जनपरिषद दाङका प्रमुख गणेश चौधरी लगायतले पार्टीमा प्रवेश गराउनुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी दाङले धुब्रीकरण अभियान जिल्लाभरका सबै गाउँपालिका, नगरपालिकामा सञ्चालन गरिने जनाएको छ ।







