
कालिकाेटमा विभिन्न पार्टीका सयाैं नेता कार्यकर्ता विप्लव नेतृत्वकाे नेकपाकाे एकीकृत जनजागरण अभियानअन्तर्गत साे पार्टीमा प्रवेश गरेका छन् ।
कालिकोट रास्कोटमा विशाल जनसमूदाय उपस्थित जनसभा चलिरहेकै बेला एक सय भन्दा बढी युवा युवती नेकपामा प्रवेश गरेका छन् । स्युना सिप्खाना, फुकोट नानीकोट, राम्नाकोट, लाफालगायत क्षेत्रबाट गरी एकै खेपको घोषणामा ९६ जना युवायुवती नेकपामा प्रवेश गरे ।
नवप्रवेशीहरुलाई जनसमुदायको विशाल जनसभाले तालीले स्वागत गरेको थियो । उनीहरुलाई जनसभाका प्रमुख अतिथि नेकपाका पोलिट ब्यूरो सदस्य निर्माण, अर्का अतिथि ब्यूरो ईन्चार्ज एटम बसीले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
यो लहर देशभर चलिरहेको बताउँदै प्रमुख अतिथि निर्माणले युवादेखि वृद्ध–वृद्धासम्मले एकीकृत जनक्रान्तिमा सहभागिता जनाउन सकिने बताए ।
पार्टीले नयाँ र पुराना सबै पुस्तालाई समेटेर देशमा अलपत्र पारिएका जनयुद्धका उद्देश्य पूरा गर्न एकीकृत जनक्रान्तिलाई विजयको शिखरमा नपुर्याएसम्म विश्राम नलिने उद्घोष गरे । क्रान्तिप्रति जनलहर देखेर ओली–प्रचण्ड नेतृत्वको दलाल सरकारले नेकपा नेता कार्यकर्ता र समर्थकलाई दमन, गिरफ्तार र झुठा मुद्दा लगाउने तहमा उत्रिएको र यसबाट क्रान्तिकारीलाई एकईन्च फरक नपर्ने बताए
प्रमुख निर्माण र ब्यूरो सदस्य एटमले देशबाट दलाल, भ्रष्टचारी र दमनकारी, राष्ट्रघातीलाई खरानी पार्न नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिमा सहभागी हुन र सहयोग गर्न जनसभामा अपिल गरे ।








