कुनै बेला प्रचण्डद्धारा दक्षिणपन्थी संशाेधनवादी करार गरिएका पूर्व एमालेका दिवंगत नेता मदन भण्डारी अब फेरिएका प्रचण्डकाे अार्दश बनेका छन् ।

पार्टी एकतापछि नयाँ बन्ने कार्यालयमा प्रचण्डकाे कार्यकक्षमा मदन भण्डारीकाे तस्बीर मात्र राखिने भएकाे छ ।

पार्टीका दुवै केन्द्रीय कार्यालयमा रहने दुवै अध्यक्षको कोठामा तत्कालिन एमालेका महासचिव मदन भण्डारीको फोटो राखिसकिएको छ ।

यसअघिसम्म प्रचण्डले नेकपाले प्रचण्ड र उनी नेतृत्वकाे माअाेवादी केन्द्रले मार्क्स, लेनिन, स्टालिन र माअाेकाे तस्बीर राख्ने गरेकाेमा अब भने ती कुनै पनि तस्बीरहरू नराख्ने भएपछि प्रचण्डकाे उल्टाे छलाङलार्इ देखेर दुनियाँ चकित भएकाे छ ।

प्रचण्डकाे याे पछिल्लाे उल्टाे परिवर्तनपछि जनयुद्ध लडेका धेरै नेता कार्यकर्ता स्तव्ध बनेका छन् । मदन भण्डारीलार्इ माक्स, लेनिन र माअाेकाे समकक्षीमा राख्नु भनेकाे याे ठूलाे प्रतिक्रान्तिकारी कदम भन्दै पूर्व माअाेवादी केन्द्रका धेरै नेता कार्यकर्ता अाक्राेशित भएका छन् ।

‘हामी हिजाे मार्क्स, लेनिन र माअाेकाे अार्दशबाट यहाँसम्म अाइपुग्याै, जुन मार्गदर्शनबाट हामीले यत्रा उपलव्धि प्राप्त गर्याैं’, पूर्व माअाेवादी केन्द्रका एक पूर्व पाेलिटव्युराे सदस्य भन्छन्, ‘प्रचण्डले त्यत्राे महान् अार्दशलार्इ रातारात बेचेर खालान् भनेर हामीले साेँचेका समेत थिएनाैं । याे त गाेर्वाचाेभकाे भन्दा ठूलाे प्रतिक्रान्तिकारी कदम भयाे ।’

प्रचण्डमा यति धेरै प्रतिगामी परिवर्तन अाउन थालेपछि पूर्व माअाेवादी केन्द्रका धेरै नेता कार्यकर्ताहरूले अब प्रचण्डकाे कदमका विरूद्ध विद्राेह गर्न थालेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार