
चीनले विकासमा गरेकाे चमत्कारकाे विश्वभरि निकै ठूलाे चर्चा हुने गरिरहन्छ ।
राजनीतिक, अार्थिक, अाैद्याेगिक, प्राविधिक, शैक्षिक, सामाजिकलगायत तमाम क्षेत्रमा चीनले गरेकाे अभुतपूर्व चमत्कारकाे विश्वमा ठूलाे प्रभाव परिरहेकाे हुन्छ ।
सन् १९४९ मा माअाेले २८ वर्ष लामाे सशस्त्र जनयुद्धबाट च्याङ काअाेकाे प्रतिक्रियावादी सत्तालार्इ पराजित गरेपछि चीनमा नयाँ जनवादी गणतन्त्र स्थापना भयाे ।
त्यही जनगणतन्त्रकाे स्थापनापछि चीनले अाज गरेकाे विकासका चमत्कार त्यसैकाे जगमा तयार भएकाे हाे ।
हालै चीनले पूर्वी चीनकाे शान्दाेङ प्रान्तस्थित समुद्रमा एउटा ३६.४८ किलाेमिटर लामाे पुल निर्माण गरेकाे छ । त्याे पुलले ठूल्ठूला र निकै टाढा रहेकाे शहरलार्इ जाेडेकाे छ ।
चीनकाे सरकारी समाचार एजेन्सी सिन्हवा न्युज एजेन्सीले प्रकाशित गरेकाे याे तस्वीरले चीनकाे लगातारकाे चमत्कारलार्इ निकै फराकिलाे विकासकाे सूचककाे रूपमा अर्थ्याएकाे देखिन्छ ।

चीनको तस्बीरमा हेरौं विकासको चमत्कार

चीनको तस्बीरमा हेरौं विकासको चमत्कार

चीनको तस्बीरमा हेरौं विकासको चमत्कार








