विप्लव नेकपाका नेता सुदर्शन सहिद रमिताका बुबासँग कुराकानी गर्दै ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरू सहिद परिवारकाे घरमा पुगेका छन् ।

साे पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शनलगायत नेताहरू रामेछापकाे मन्थली नगरपालिकामा पर्ने सहिद रमिता लुङ्गेली मगरकाे घरमा पुगेका छन् ।

एकीकृत जनजागरण अभियानअन्तर्गत नेकपाका नेता र कार्यकर्ताहरू सहिद रमिताकाे घरमा पुगेका हुन् ।

रमिता मगर दश वर्षे जनयुद्धका क्रममा सहिद भएकी थिइन्। उनकाे बुबा र अामालार्इ नेकपाका नेता हेमन्त प्रकाश अाेली सुदर्शन, पाेलिटव्युराे सदस्य पदम रार्इ, अर्का दुर्इ पाेलिटव्युराे सदस्य भरत बम रणवीर र कृष्ण धमला गंभीरलगायत जिल्लाका नेता कार्यकर्ताहरूले भेटघाट गरेका हुन् ।

‘हामी जनयुद्ध र तपार्इकाे छाेरीका सपना पूरा गर्न निरन्तर क्रान्तिकाे बाटाेमा हिडिरहेका छाै’, स्थायी समिति सदस्य सुदर्शनले भने, ‘प्रचण्डहरूले धाेका दिए पनि हामी सहिदकाे सपनालार्इ धाेका दिने छैनाैं ।’

नेकपाका नेताहरूले अाफुहरूलार्इ भेट्न अाएकाेमा सहिद रमिताका बुबा अामा खुशी भएका थिए ।

विप्लव नेकपाका नेता सुदर्शन सहिद रमिताका बुबासँग कुराकानी गर्दै ।

विप्लव नेकपाका नेता सुदर्शनलगायतका नेता कार्यकर्ताहरू सहिदकाे घरमा ।

सहिद रमिता मगरका बुबा र अामा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार