अाेली नेतृत्वकाे नेकपाभित्र प्रचण्ड, माधव नेपाल, बामदेवलगायत नेताहरूले घेराबन्दी गरेपछि अाेली एक्लिएका छन् ।पार्टीभित्र रहेका भारतनिकट नेताहरुलाई काउन्टर ओलीले दिएपछि उनी एक्लिएका हुन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा केही दिनअघि पोखरा पुगेर प्रचण्डले राज्यको शासकीय स्वरुप नै फेर्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा सबै दलको सहमति भइसकेको कुरा सार्वजनिक गरे ।

तर, यो कुरामा प्रधानमन्त्री ओली कडा असहमति जनाएका छन् । कार्यकारी राष्ट्रपतिले भौगलिक र जनसंख्याका हिसाबले पनि गलत हुने भन्दै यसले दीर्घकालमा नराम्रो असर पर्छ भन्ने निष्कर्षका साथ ओली विपक्षमा उभिएकाे बतार्इएकाे छ ।

अर्कोतर्फ ओलीले शासन व्यवस्थान फेर्ने कुरा भारतीयहरुको डिजाइन भएको र आफ्ना पार्टी नेताहरु प्रयोग भएको विश्लेषण गरेका छन्।

उता प्रचण्डको पक्षमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई लगायत रहेका छन् ।

यी नेताहरुलाई भारतनजिकको रुपमा चित्रण गर्दै ओलीले भिडेर जाने निष्कर्ष निकालेका छन् । यो कुरा थाहा पाएपछि अाेली नेकपाभित्र प्रचण्ड समूह आक्रोशित बनेको बुझिएको छ ।

यता भौगलिक हिसाबमा, जनसंख्याको हिसाबमा भारतको डिजाइनविरुद्ध प्रधानमन्त्रीले लिएको अडानमा कांग्रेसले पनि समर्थन गर्नसक्ने सम्भावना देखिएको छ।

किनकी कांग्रेस पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार