सर्वोच्च अदालतका पूर्व प्रधान न्याधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा (दीक्षित) ले सरकारलाई बिर्सिने रोग (अलजाइमर) लागेको अाराेप लगाएका छन् ।

शुक्रबार विराटगरमा राष्ट्रिय जनअधिकार सरोकार अभियान नेपालद्धारा अायाेजित कार्यक्रममा शर्माले आफू सरकारमा हुँदा सबै ठीक भएको ठान्ने तर आफू सत्ताबाहिर हुँदा सबै कुरा बेठीक देख्ने नकच्चरो रोग समेत नेताहरुलाई लागेको आरोप समेत लगाए ।
‘हिजाे मानवअधिकारकाे कुरा गर्ने अाेली सरकारद्धारा तीव्र रूपमा मानवअधिकार अधिकार हनन भइरहेकाे छ’, शर्माले भने, ‘अाज अाेली नेतृत्वकाे सरकारले अास्थाका अाधारमा राजनीतिक कार्यकर्ताहरूलार्इ पक्राउ गरेर यातना दिनु ठूलाे अपराध हाे ।’
शर्माले अाेली सरकारले समयमै बिर्सने राेगकाे उपचार गरेर मानवअधिकारकाे हक सुरक्षित गर्न अाेली सरकारलार्इ अनुराेध समेत गर ।
नागरिक समाजका वरिष्ठ अगुवा डा. शुन्दरमणि दीक्षितले सरकारलाई बिर्सने रोग (अलजाइमर) लागेको भएपनि विप्लवलाई संयमता नगुमाउन अनुरोध गर्दै निरंकुशतन्त्रले मानवअधिकार उल्लंघन गर्दा पतन भएको इतिहास नबिर्सनु चेतावनी दिए ।
कार्यक्रममा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले लोकतान्त्रिक सरकारले यो स्तरको मानव अधिकार उल्लंघन गर्ला भन्दा भनेर कल्पनै नगरेको बताए ।
पत्रकार लम्जेल संघर्षशीलले केही समयपूर्व आफूलाई सुनसरी प्रहरी पक्राउ गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष उजुरीसमेत दिएका थिए । कार्यक्रममा शिक्षक संगठनका नेता तथा बुद्धिजीवी विकास न्यौपानेले मोरङमा प्रहरीले गरेको ज्यादतीको फेहरिस्त राख्दा सभाकक्ष स्तब्ध भएको थियो ।
राष्ट्रिय जनअधिकार सरोकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वर्तमान राजनीतिक व्यवस्थामा मानव अधिकारको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संगठनका सचिव तथा अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले उद्घोषण, पूर्व राज्यमन्त्री तथा संगठनका उपाध्यक्ष देवबहादुर पौडेलले स्वागत मन्तव्य र संगठनका सदस्य तथा पूर्व सभासद् वाङछे शेर्पाले धन्यवाद मन्तव्य राखेका थिए ।







