
नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले नुवाकाेटमा रहेकाे पूर्व रानी हेलेन शाहकाे नाममा रहेकाे १८१ राेपना जग्गालार्इ नियन्त्रणमा लिएकाे छ ।
नेकपाकाे अाफ्नै सत्ता मानिने नुवाकाेट जनपरिषदले पूर्व रानी हेलेन शाहकाे नाममा रहेकाे अन्नपूर्ण फार्मिङ प्रालिकाे १८१ राेपनी सेरा दरवार कब्जा गरेकाे हाे ।
साे सार्वजनिक जग्गालार्इ भुमाफियाकाे रूपमा चिनिने विवेक श्रेष्ठले भाेगचलन गर्दै अाइरहेकाे भन्दै विप्लव नेकपाले साे कार्य राेक्न चेतावनी समेत दिएकाे छ ।
नुवाकाेट जनसरकारले एउटा लामाे पत्र लेखेर अब अाइन्दा कसैले साे सार्वजनिक जग्गा हडपेकाे जानकारी प्राप्त भएमा तुरून्त गंभीर प्रकृतिकाे कार्वाही गरिने पनि साेही पत्रमा उल्लेख छ ।
विप्लव नेतृत्वकाे नेकपाले देशैभरि सामन्त र दलाल पुँजीपतिहरूकाे अखडामा अाक्रमण गर्न थालेपछि दलालहरू अातंकित बन्न पुगेकाे बुझिएकाे छ ।








