क्रान्तिकारी र वैकल्पिक शक्तिकाे रूपमा उदाएकाे नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपालार्इ लक्षित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अर्काे विवादित अभिव्यक्ति दिएका छन् ।

अाफुहरूलार्इ केही वर्षभित्र उछिन्न सक्ने शक्तिकाे रूपमा बुझेका अाेेलीले विप्लव नेतृत्वकाे नेकपालार्इ हत्या, हिंशा र चन्दा अातंककाे अर्थमा रहेकाे शक्तिकाे रूपमा अाराेप लगाएका छन् ।

प्रदेश नम्बर १ को प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकलाई आतंकित पार्ने, हिंसाको कुरा गर्नेलाई निर्वाचित सरकारले नछाड्ने चेतावनी दिए ।

विप्लव नेतृत्वकाे नेकपाप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले कोही चन्दा उठाउनकै लागि अझै पनि क्रान्ति भन्दै हिँडेको बताए ।

अब जनताकाे शासन स्थापित भइसकेको भन्दै अाेलीले अब कसका लागि आन्दोलन, कस्का लागि क्रान्ति भन्दै प्रतिप्रश्न  गरे ।

सार्वभौमसत्ता, अखण्डतामा प्रश्न उठाउने विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गर्दै उनले पृथकतावाद, बिखण्डनवाद, भौगोलिक अखण्डतालाई बिथोल्ने काम स्वीकार्य हुनै नसक्ने चेतावनी समेत दिए ।

सबैको सहभागितामा देश विकासमा अाफुहरू लागिरहेको भन्दै उनले नागरिकलाई आतंकित पार्दै  हिंसाको कुरा गरेर अनुचित बाटोमा नलाग्न विप्लवलार्इ लक्षित गरेर यस्ताे आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार